नेपालको बिजोग, सोमपाल एक्लैले बनाए ४० रन

229
  •  
  •  
  •  

cricket 10काठमाडौ, ८ मंसिर(ओएनएस) : नेपाल र हङकङबीच पटक पटक रोकिएपछि आज पहिलो टि-२० प्रतियोगिता जारी छ । अहिले भइरहेको खेलमा नेपालले निकै खराब प्रदर्शन गर्दै आफ्ना सबै विकेट गुमाउनु अघि निर्धारित २० ओभरको खेलमा मात्र ७२ रन जोड्न सफल भएको छ । नेपालले हङकङलाई ७३ रनको लक्ष्य दिएको छ ।

कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक समेत जोड्न नसक्दा नेपालको बिजोग भएको हो । २० ओभरमा मात्र रन बनाउँदा नेपालका तिव्र गतिका बलर सोमपाल कामीले दोहोरो अंक जोडेर सर्वाधिक ४० रन जोडे । उनले उक्त योगफल तयार गर्नका लागि मात्र ३१ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए । टोलीको अवस्था नाजुक भएको अवस्थामा सोमपालले १८ औ ओभरमा ३ चौका र १९ औ ओभरमा आउट हुनुअघि २ छक्का प्रहार गर्दै दुई ओभरमा २५ रन जोडे ।

उनले केहीहदसम्म टोलीलाई उकासेपनि नेपालका भरपर्दा भनिएका एक पनि ब्याटस्म्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सोमपालपछि सर्वाधिक रन बनाउने खेलाडी बने, ज्ञानेन्द्र मल्ल, नरेश बुढाएर र शक्ति गौचन । उनीहरूले समान ५-५ रन जोडेका थिए ।


  •  
  •  
  •  

Comments are closed.