नेपालद्वारा पिएनजीसमक्ष २ सय ३३ रनको विजय लक्ष्य प्रस्तुत

348
  •  
  •  
  •  

काठमाडौँ, ३० कात्तिक(ओएनएस) : विश्व क्रिकेट लिग च्याम्पियनसिपमा अहिले नेपाल र पपुवा न्यु गिनीबीच प्रतिष्पर्धा भइरहेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पिएनजीलाई २ सय ३३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरको खेलमा आफ्ना ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो ।

नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक ७८ रन जोडेका थिए । उनले मात्र ८२ बल खेल्दै ५ चौकाको मद्दतले ७८ रन जोडेका थिए । सुवास खकुरेलले १०४ बलमा ६३ रन जोड्दा, बसन्त रेग्मीले अविजित रहँदै २३ बलमा २४ रन जोडेका थिए । यस्तै, ज्ञानेन्द्र मल्लले २३ रन, सागर पुनले १० रन, सोमपाल कामीले ८ रन, कप्तान पारस खड्काले ६ रन जोडेका थिए ।

खेलमा पाँचौ विकेटका लागि खकुरेल र भेष्वाकरले ५६ रनको साझेदारी गरेका थिए भने भेष्वाकर र रेग्मीले आठौ विकेटका

पिएनजीका लागि असाद भालाले समान ३ विकेट लिएका थिए भने महुरु दाइले २ विकेट लिएका थिए भने नोर्मान भानुवा, चाड सोपर, जोन रिभाले समान १-१ विकेट लिएका थिए ।


  •  
  •  
  •