नेपालद्वारा पिएनजीलाई २ सय २५ रनको विजय लक्ष्य

220
  •  
  •  
  •  

काठमाडौँ, २ मंसिर(ओएनएस) : विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज पुन: पपुवा न्यु गिनीको सामना गरिरहेको छ । नेपालले पपुवा न्यु गिनीलाई जितका लागि २ सय २५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

अबुधावीमा जारी खेलमा टस जितेर ब्याटिङ नेपालले निर्धारित ५० ओभरको खेलमा आफ्ना ८ विकेट गुमाउँदै २ सय २४ रन जोडेको थियो । नेपाललाई उक्त स्कोरसम्म पुर्‍याउन कप्तान पारस खड्काले सर्वाधिक ५८ रन जोडेका थिए भने सागर पुनले ४७ रन, शरद भेष्वाकरले ४२ रन, ज्ञानेन्द्र मल्लले ३६  र सोमपाल कामीले ९ रन जोडेका थिए । पपुवा न्यु गिनीका लागि नोर्मान भानुवा र असाद भालाले समान ३-३ विकेट लिएका थिए भने सिसी बाउ २ विकेट लिएका थिए ।

पपुवा न्यु गिनीले केहीबेरमा ब्याटिङ सुरू गर्नेछ ।


  •  
  •  
  •