नेपाललाई जित्नै पर्ने दवाव, ज्ञानेन्द्रले जोडे ९१ रन

69
  •  
  •  
  •  

cricket nepalकाठमाडौ, ९ माघ(ओएनएस) :  नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ को आफ्नो अन्तिम खेलमा केन्यालाई जितका लागि १ सय ९५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । नेपालले निर्धारित ५० ओभरमा खेलमा १ बल बाँकी रहँदा आफ्ना सबै विकेट गुमाउँदै १ सय ९४ रन जोड्न सफल भएको थियो ।

नेपालका लागि टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक रन जोड्ने क्रममा अविजित ९१ रन जोडेका थिए । ज्ञानेन्द्रले लिष्ट ए क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटरको आफ्नै रेकर्ड तोडेका छन् । यसअघि उनले ८६ रन जोडेर यो रेकर्ड बनाएका थिए । यस्तै, कप्तान पारस खड्काले २० रन, शरद भेष्वाकरले १८ रन, बिनोद भण्डारीले १६ रन, सागर पुनले १२ रन बनाएका छन् ।

केन्याका लागि ईलिजाह ओटिएनोले ३ विकेट लिएका छन् भने लुकास ओलुओचले २ विकेट लिएका छन् । यस्तै, नेेहमिया ओडियाम्बो, नेल्सन ओडियाम्बो र जेम्स न्गोचेले समान १-१ विकेट लिएका छन् ।

डिभिजन १ मा पुग्नका लागी नेपाललाई जितको दवाव सिर्जना भएको छ । नेदरल्याण्डले युगाण्डालाई ७ वकेटको जित हासिल गर्ने क्रममा मात्र ६ ओभर ३ बलमा खेल समाप्त गरेपछि नेपाललाई जितको दवाव थपिएको हो । नेदरल्याण्डले युगाण्डालाई भारी अन्तरले पराजित गरेपछि नेदरल्याण्डको अंक निकै राम्रो भएको छ । अहिलेको स्थितिमा नेपालभन्दा केही तल रहेपनि नेपालले पराजय बेहोरे रनरेटका हिसाबले नेपाल झिनो अन्तरले पछाडि पर्न सक्ने अवस्था रहेका कारण नेपालले केन्याविरूद्ध जित हासिल गर्नै पर्ने दवाव सिर्जना भएको छ ।


  •  
  •  
  •