नेपालद्वारा ओमानलाई १ सय ८५ रनको विजय लक्ष्य

136
  •  
  •  
  •  

काठमाडौँ, २८ कात्तिक(ओएनएस) : नेपाल र ओमानबीच जारी खेलमा नेपालले ओमानलाई १ सय ८५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । नेपालले निर्धारित ५० ओभरको खेलमा ३ बल बाँकी रहँदा आफ्ना सबै विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो ।

शेख जायद स्टेडियम नर्सरी-१ मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७१ रन जोडेका थिए भने कप्तान पारस खड्काले ४९ रन जोडेका थिए । तर, अन्य कुनै पनि ब्याट्स्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिएका थिए भने खवर अलीले ३ तथा मुनिस अन्सारीले २ विकेट लिएका थिए ।


  •  
  •  
  •