नेपालद्वारा न्युजिल्याण्डसामू २ सय ३९ रनको विजय लक्ष्य

216
  •  
  •  
  •  

काठमाडौँ, १४ माघ(ओएनएस) : आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपालले न्यूजिल्याण्डसँग आफ्नो पहिलो खेल खेलिरहेको छ ।

बङ्गलादेशको खान साहेब ओसमान अली रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले न्युजिल्याण्डसामू २ सय ३९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । नेपालले निर्धारित ५० ओभरको खेलमा आफ्ना ७ विकेट गुमाउँदै २ सय ३८ रन जोडेको छ ।

नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रन जोडेका छन् भने उपकप्तान आरिफ शेखले ३९ रन, सन्दीप सुनारले ३९ रन, कुशल भुर्तेलले अविजित ३५ रन, राजबिर सिंहले २४ रन, दीपेन्द्रसिंह ऐरीले १६ रन,  सुनिल धमलाले १५ रन जोडेका थिए ।

नेपाललाई उक्त स्कोरमा समेट्नका लागि न्युजिल्याण्डका नाथन स्मिथले ३ विकेट लिएका छन् भने क्रिस्टियन लियोपार्ड, अनिकेत पारिख, रचिन रविन्द्र, जोस फिन्निले समान १-१ विकेट लिएका थिए ।

न्युजिल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •