अमेरिकी राष्ट्रपति ओबामालाई नेपाल भ्रमणको औपचारिक निम्तो

427
  •  
  •  
  •  

Barack-Obamaकाठमाण्डौं, २२ मंसिर (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी राजदुत पिटर डब्ल्इु बोड्डीलाई भेट गर्दै कोइरालाले राष्ट्रपति ओबामालाई नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।

यसअघि प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन जादा अमेरिकी राष्ट्रपति ओवामासंगको भेटमा सेप्टेम्बर २४ मा पनि नेपाल भ्रमणको लागि मौखिक निमन्त्रणा दिएका थिए । प्रधानमन्त्री कोइरालाले नेपाल संविधान निर्माणको महत्वपूर्ण र निर्णायक चरणमा रहेकोले आउदो जनवरीमा अमेरिकाका राष्ट्रपतिको दक्षिण एशियाको भ्रमणमा नेपालमा पनि छोटो भ्रमण भएमा त्यसले समस्त लोकतान्त्रिक शक्तिहरुलाई नैतिक सहयोग हुने बिचार राखेका थिए ।

बोडेसँगको भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्धारित समयमा नै आउने विश्वास व्यक्त गरेका थिए । अमेरिकी राजदूत बोड्डीले संविधान निर्माणलाई प्राथमिकतामा राख्दा राख्दै पनि सरकारले भारतसंग हालै सम्पन्न गरेको विद्युत व्यापार संझौता र लगानी बोर्डले अरुण तेस्रो र माथिल्लो कर्णालीका आयोजना विकासकसंग गरेको परियोजना विकास संझौताले लगानी कर्तामा राम्रो सन्देश गएको बताएका थिए ।


  •  
  •  
  •