नेपाल एसीसी यु-१९ एसिया कपका लागि छनोट

280
  •  
  •  
  •  

Nepal-U-19-Teamकाठमाडौ, १६ भदौ(ओएनएस) : नेपाल एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।

मलेसियामा जारी एसीसी यु-१९ प्रिमियर लिगको जारी प्रतियोगितामा शीर्ष तीनमा आफ्नो स्थान बनाउँदै नेपाल एसिया कपका लागि छनोट भएको हो । नेपालले प्रतियोगितामा खेलेका ४ खेलमा ३ मा विजय हासिल गर्दै शीर्ष तीनमा पर्न सफल भएको हो । नेपालले बिहिबार प्रतियोगिताको आफ्नो अन्तिम खेल साउदी अरेबियासँग खेल्नेछ ।

नेपालका साथै अंकतालिकाको शीर्ष स्थानमा रहेको अफगानिस्तान र तेस्रो स्थानमा रहेको मलेसिया पनि एसिया कपको लागि छनोट भएका छन् । नेपाल ४ खेलबाट ६ अंक बटुलेर अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।


  •  
  •  
  •