अन्तराष्ट्रिय रोर्बट प्रतियोगितामा नेपाल दोश्रो

298
  •  
  •  
  •  

robot team Nepalकाठमाडौँ, २९ चैत(ओएनएस) : अमेरिकामा भएको अन्तराष्ट्रिय रोर्वट प्रतियोगितामा नेपाली इन्जिनियरहरुको टोलीले दोश्रो स्थान हासिल गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित रोवो ग्याम्स २०१६ (ओलम्पिक अफ रोबोर्टिस) अन्तरगतको फायर फाइटिङ विधामा दोश्रो नेपाली टोलीले दोश्रो स्थान प्राप्त गरेको हो । नेपाली टोलीको नेतृत्व सशांकश्री न्यौपाने गरेका थिए भने गणेशबिक्रम आले, यज्ञप्रसाद देवकोटा, अनुज रेग्मी र सुमन थपलिया सहभागी रहेका थिए ।

नेपाली टोलीको नेतृत्व गरेका सशांकश्री न्यौपाने नेपाल इन्जिनियरिङ कलेज, गणेशविक्रम आले, र यज्ञप्रसाद देवकोटा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी, अनुज रेग्मी काठमाडौं विश्व विद्यायल र सुमन थपलिया इन्फरमेटिक्स कलेजबाट इन्जिनियरिङ पुरा गरका विद्यार्थी हुन् ।

उक्त प्रतियोगितामा ५० भन्दा बढि विधामा प्रतिस्पर्धा भएको थियो भने ५० भन्दा बढि देशका प्रतियोगी सहभागी भएका थिए । २०१६ अप्रिल १० मा आयोजना भएको सो प्रतियोगितामा सहभागी टोलीलाई नेपाली सेनाले पाँच लाख सहयोग गरेको थियो भने नाष्टले प्राविधीक सामानमा लाग्ने खर्च बेहोर्ने वचन दिएको थियो ।


  •  
  •  
  •