नेपाल एसबीआई बैकद्धारा प्रगति विवरण सार्वजनिक

347
  •  
  •  
  •  

SBI-Adsकाठमाडौ, १२ माघ(ओएनएस) : विगत २१ वर्षदेखी नेपालमा बैकिङ्ग सेवा दिँदै आएको नेपाल एसबीआई बैक लिमिटेडले आर्थिक वर्ष ०७०/७१ को प्रगति विवरण सार्वजनिक गरेको छ ।

बैकले पत्रकार भेटघाट कार्यक्रम गर्दै आईतबार आफ्नो प्रगती विवरण सार्वजनिक गरेको हो । आ.व. ०७०/७१ मा बैकले बैकको खुद ब्याज आम्दानी गत वर्षभन्दा ७.४८ प्रतिशतले बृद्धि भई यो वर्ष रू १७७.५० करोड पुगेको जनाएको छ । यस्तै, बैकको सञ्चालन मुनाफामा १५.६१ प्रतिशतले बृद्धि भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

यस्तै, यो वर्ष बैकको खर्चको अनुपातमा समेत सुधार भएको बैकले जानकारी दिएको छ । बैठकको खर्चको अनुपातमा सुधार हुने क्रममा गत वर्षको ४०.६५ प्रतिशत को तुलनामा यो वर्ष ३९.७० मा सिमित रहेको छ ।

बैकले जारी गरेको विज्ञप्तिमा बैकको कर्जा निक्षेप अनुपात ७३.३० प्रतिशतबाट बृद्धि भइ आ.व. ०७०/७१ को अन्त्यमा ७५.१८ प्रतिशत पुगेको जनाइएको छ । यस्तै यो वर्ष बैकले बचत खाताको संख्यामा १२.३६ प्रतिशत बृद्धी गर्दै ५५ हजार ८ सय ११ नयाँ खाता खोल्न सफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


  •  
  •  
  •