डा. केसीको अनशनमा प्रेस युनियनको ऐक्यवद्धता

132
  •  
  •  
  •  

Nepal Press Union_20140908050041काठमाडौं, १६ चैत (ओएनएस) : नेपाल प्रेस युनियनले डा. गोविन्द केसीको आमरण अनशनमा ऐक्यवद्धता जनाएको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले सोमबार विज्ञप्ति जारी गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रका माफियाबिरुद्ध डा. केसीले उठाएका माग जायज भएको भन्दै समर्थन जनाएको हो । साथै, युनियनले केसीको स्वास्थ्य बिग्रदै गएको भन्दै अनशन तोड्ने् बतावरण मिलाउनको लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘डा केसी अनशनरत अवस्थामै आइसियुमा भर्ना गर्नुपर्ने परिस्थिति सिर्जना हुन लागेकोले तत्काल यसको गाम्भिर्यतालाई बुझी अनशन तोड्ने वातावरण निर्माणको लागि ठोस कदम चाल्दै यथाशिघ्र निर्णय गर्न सरकार समक्ष युनियन माग गर्दछ।’

डा. केसी विगत ९ दिनदेखि गुणस्तरीय चिकित्साशास्त्र, सबैको पहुँचमा चिकित्साशास्त्र, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, विगतमा गरेका सम्झौताको कार्यान्वयन गर्ने लगायतका १० बुँदै माग राख्दै डा. केसी आमरण अनशनमा बसेका हुन् ।


  •  
  •  
  •