प्रहरी नै लुटपाटमा संलग्न

191
  •  
  •  
  •  

महोत्तरी २२ जेठ (ओएनएस) : महोत्तरी जिल्लामा प्रहरी नै लुटपाटमा संलग्न रहेको पाइएको छ । जलेश्वरमा खसी व्यापारीहरुलाई लुटपाट र कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले सशस्त्र प्रहरीका नायब निरीक्षकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक विद्याभूषण झा, सशस्त्र प्रहरी हवल्दार सञ्जीव कुमार राय, सशस्त्र प्रहरी सहायक हवल्दार नवीन चन्द र सशस्त्र प्रहरी जवान मिथिलेसप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारैजनाले भारतबाट खसी किनेर आइरहेका व्यापारीहरुलाई लुटपाट गरेका थिए । व्यापारीहरुलाई कुटिरहेका सशस्त्र प्रहरीलाई जलेश्वरको आयुर्वेद अस्पताल चोकमा खटिएका नेपाल प्रहरीका जवानले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए ।

 


  •  
  •  
  •