काठमाडौं, २८ मंसिर (ओएनएस) : नेपाल प्रहरीले बिभिन्न पदमा मागेको ११ सय बढि आवेदनमा झण्डै साढे ३७ हजारले प्रंतिस्पर्धा गर्ने भएका छन् । अघिल्लो महिना प्रहरीले जवान पदमा ३७ हजार ५ सय १३ जनाको दरखास्त आह्वान गरेको थियो ।
जसमा खुल्लातर्फ ६ सय, अमर–असक्त प्रहरी परिवारतर्फ २२, महिलातर्फ ९८, आदिवासी जनजातितर्फ १ सय ५६, मधेसीतर्फ १ सय ३८, दलिततर्फ ७३ र पिछडिएको क्षेत्रतर्फ २५ जनाको छुट्टाछुट्टै कोटा निर्धारण गरी कुल १ हजार १ सय १२ पदको लागि दरखास्त आव्हान गरेकोको थियो ।
जसमा पाँचै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरुमा गरी कुल ३७ हजार ५ सय १३ जनाको दरखास्त परेको छ । नेपाल प्रहरीमा विभिन्न कारणले रिक्त रहेका प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पूर्ति गर्न गत असोज २४ गते सूचना प्रकाशित गरिएकोमा सो अनुसार पाँचै क्षेत्रीय तालिम केन्द्रहरुमा आज आइतबार गते बाट दरखास्त उपर छनौट प्रक्रिया सुरु भएको छ ।
छनौट परीक्षा अन्तर्गत प्रारम्भिक स्वास्थ्य परीक्षण। शारीरिक तन्दुरुस्ती परीक्षा, स्वास्थ्य परीक्षण परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा लिइने र हरेक चरणको परीक्षा समाप्तीपछि नतिजा प्रकाशन गरी उतीर्ण उम्मेदवारलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइने प्रहरीले जनाएको छ ।