बिए पढेका पनि जवानको जागिरमा दरखास्त

333
  •  
  •  
  •  

काठमाडौँ, १४ चैत(ओएनएस) : नेपाल प्रहरीले गत माघको दोस्रो सातामा खुलाएको जवान पदको जागिरमा ३५ हजार २ सय ६४ जनाले दरखास्त परेको छ । ३ हजार ४ सय ४४ जना जवानका लागि खुलाइएको जागिरमा यति ठुलो संख्यामा आवेदन परेको हो ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार जवान पदका लागि आवेदन दिनेमा चाहिनेभन्दा बढी योग्यता भएकाको संख्या पनि उल्लेख्य रहेको छ । सामान्य लेखपढ जानेको भए पुग्ने भएपनि एसएलसी भन्दा बढी पढेका व्यक्तिहरूको आवेदन धेरै परेको छ । यसमा स्नातक तह पास गरेका १० जना(अर्थात् आवेदन परेकोमा ०.०३ प्रतिशत), प्रविणता प्रमाण पत्र तह पास गरेका २ हजार ८ सय १३ जना(अर्थात् ७.९८ प्रतिशत) र एसएलसी पास गरेका १९ हजार ७ सय ३५ जना(अर्थात् ५५.९६ प्रतिशत) ले आवेदन दिएका छन् भने एसएलसीभन्दा कम पढेका १२ हजार ७ सय ६ जना(अर्थात् ३६.०३ प्रतिशत) ले आवेदन दिएका छन् ।

जवान पदका लागि परेको यी आवेदनलाई हेर्ने हो भने नेपालमा बेरोजगारीको अवस्थालाई सहजै बुझ्न सकिन्छ । जवान पदमा समेत चाहिनेभन्दा बढि योग्यता भएका करिब ६४ प्रतिशतले आवेदन दिनुलाई सामान्य मान्न सकिँदैन । अर्थात् यसले देखाउने प्रमुख विषय भने देशमा बेरोजगारीको अवस्था नै हो र केही हदसम्म सरकारी जागिर प्रतिको लगाब पनि हुनसक्छ । तर, मुख्य रूपमा यसले बेरोजगारीलाई नै देखाउँछ । किनकि बिए पास गरेका व्यक्तिले गैरसरकारी कम्पनीमा काम गर्न पाए त्यहाँको जागिर छाडेर अवस्य पनि जवान पदमा आउन मन गर्दैन । तोकिएको योग्यताका मानिसको आवेदन कम पर्नुमा जनशक्ति विदेश पलायन पनि हुन सक्छ ।
यस्तो छ शैक्षिक योग्यताका आधारमा परेको आवेदनको अवस्था :

vacancy detail of nepal policeयस्तै समावेशीको आधारमा हेर्ने हो भने खुलातर्फ ३१ हजार १२ जनाको आवेदन परेको छ भने आदिवासीतर्फ ७ हजार ७ सय १८, महिलातर्फ ५ हजार ७ सय ४, मधेसीतर्फ ३ हजार ८ सय ५, दलित तर्फ ३ हजार २ सय ३९ र अमर/अशक्त प्रहरी परिवारका तर्फबाट ३८ जनाको आवेदन परेको छ ।
यसमा पुरूषको संख्या २९ हजार ५ सय ५(अर्थात् ८४ प्रतिशत) र महिलाको संख्या ५ हजार ७ सय ५९ (अर्थात् १६ प्रतिशत) को आवेदन परेको छ ।

यस्तो छ समावेशी आधारमा परेको आवेदनको अवस्था :vacancy detail of nepal police1 तस्विर : नेपाल प्रहरीको फेसबुकबाट


  •  
  •  
  •