चार डीएसपीको काज सरुवा, दरबारमार्गमा विश्वराज

111
  •  
  •  
  •  


काठमाडौं । प्रहरी प्रधान कार्यालयले चार प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । अर्को आदेश नभएसम्मका लागि भन्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारका तनहुँका ठगबहादुर केसीलाई इलाका प्रहरी कार्यालय बुटवल र बुटवलका डीएसपी मदन कुँवरलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

डीएसपी कुँवरलाई प्रधान कार्यालयले ४ महिनामा तानेको हो । डीएसपी विश्वराज खड्कालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा ल्याइएको छ ।दरबारमार्गका रामेश्वर पौडेलको प्रहरी एकेडेमी काज सरुवा गरिएको छ ।


  •  
  •  
  •