नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजी गरी ६ दरबन्दी थप

52
  •  
  •  
  •  

काठमाडौं । नेपाल प्रहरीमा समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ । मन्त्रिपरिषद् बैठकले प्रहरी समायोजन सम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै समायोजनका लागि बाटो खुलेको हो ।


प्रहरी समायोजन विधेयक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो । नयाँ व्यवस्थाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) एक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)पाँच गरी छ दरबन्दी थप गरेको छ । सरकारले प्रहरी समायोजनका लागि भन्दै यसअघि एआईजीको सातवटा दरबन्दी घटाएर तीन र डीआईजीको २६ वटा दरबन्दी घटाएर १४ पुर्याएको थियो । थप गरिएको एआईजीको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि रहेको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय र नेपाल प्रहरी अस्पताल ९प्राविधिक० गरी पाँचजना एआईजीको व्यवस्था गरेको छ । सातै वटै प्रदेश प्रहरी प्रमुखको रुपमा डीआईजीलाई खटाउने छ ।

एआईजी र डीआईजीको थप दरबन्दी स्वीकृत भएसँगै बढुवा प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


  •  
  •  
  •