नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सम्हाले कार्यभार

353
  •  
  •  
  •  

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् । क्षेत्रीलाई बिहीबार बिहान गृहसचिव गृह सचिव महेश्वर न्यौपानेले दर्जानी चिन्ह प्रदान गरेका थिए ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले महानिरीक्षक क्षेत्रीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यस लगत्तै प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक क्षेत्रीले आफ्नो कार्यभार ग्रहण गरेका हुन ।

उनी नेपाल प्रहरीको २८ औं महानिरीक्षक हुन् । निवर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अवकाश पाएपछि नयाँ प्रहरी महानिरीक्षकका रुपमा क्षेत्रीलाई सरकारले नियुक्त गरेको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्री र पाललाई सरकारले गत फागुन १५ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन् ।


  •  
  •  
  •