तपाई कुनै मुस्किलमा फस्नु भएको छ?

510
  •  
  •  
  •  

काठमाडौ, ५ माघ(ओएनएस) :  यदि तपाई कुनै मुस्किलमा फस्नु भएको छ भने

  • १०० मा फोन गरी प्रहरीलाई जानकारी गराउन सक्नुहुन्छ।
  • थप जानकारी वा मद्दत चाहिएमा तल दिईएको माध्यमबाट सोझै सम्पर्क गर्नुहोस
  • यदि तपाईलाई कसैले डर र धम्कि दिइरहेको छ भने

तपाइलाई कसले, किन, कसरी धम्काएको हो सो को विवरण सहित धम्क्याउने व्यक्तिको पहिचान प्रहरीलाई गराउनुहोस । यदि धम्क्याउने व्यक्तिको स्पष्ट पहिचान भएको छैन भने थाहा भएसम्मका सूचना प्रहरीलाई उपलब्ध गराउनुहोस ।

टेलिफोनबाट धम्क्याएको भए सो नम्वर प्रहरीलाई उपलब्ध गराउनुहोस । संभव भएसम्म धम्काउने व्यक्तिको धम्काउदाको आवाज मोवाईल फोन वा यस्तै अन्य कुनै साधनद्वारा रेकर्ड गरी प्रहरीलाई उपलब्ध गराउनुहोस ।

 याद राख्नुहोस, प्रहरीलाई खबर नगर्दा नै धम्काउने व्यक्तिबाट सुरक्षित हुने सोच राख्नु भएको छ भने त्यो तपाईको भ्रम हो किनकि तपाई सदैव खतरामा रहिरहनु हुनेछ । तसर्थ प्रहरीलाई चाडो भन्दा चाडो यसको सूचना दिनुहोस ।

 

सम्पर्क माध्यम

फोन नं.:- ०१-४४१२७४८          टोल फ्री नं.:- १६६००१४१५१६     मोवाईल नं.:-९८४९०९११३९

फ्याक्स नं.:-४४१२७४८

ई.मेल:-    cicu@nepalpolice.gov.npphqigs@nepalpolice.gov.np

स्रोत : नेपाल प्रहरी


  •  
  •  
  •