१९० डीएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

325
  •  
  •  
  •  

Nepal_Police_
काठमाडौं, १ भदौ (ओएनएस) : नेपाल प्रहरीका १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले बिहीबार नै डिएसपीहरुको सरुवा गरेको हो ।

भदौ १ गतेदेखि नै लागू हुने गरि डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जसमध्ये राजधानीका महानगरीय प्रहरी वृत्तहरु मध्ये बौद्धमा अच्युतमप्रसाद पुडासैनी, गौशालामा अनुपम श्रेष्ठ, सिंहदरबारमा अपिलराज बोहरा, चापागाउँमा आभुषण तिम्सिना, स्वयम्भूमा किशोरकुमार श्रेष्ठ सरुवा भएका छन् ।

त्यस्तै, कमलपोखरीमा कुलदिप चन्द, दरबारमार्गमा तिलक भारती, लैनचौरमा दीपक पोखरेल, जगाती भक्तपुरमा दीपक श्रेष्ठ, बालाजुमा नवीनकृष्ण भण्डारी, थिमिमा प्रज्वल महर्जन, कालिमाटीमा प्रदीपबहादुर क्षेत्री, सातदोबाटोमा विनोद सिलवाल, थानकोटमा महेन्द्र नेपाल, जनसेवामा मोहन कुमार थापा सरुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयले भर्खरै प्रहरी निरीक्षकबाट नायव उपरीक्षकमा बढुवा भएकाहरुलाई पनि पदस्थापना गरेको छ ।

 

 

  •  
  •  
  •