प्रहरीलाई अर्धन्यायिक अधिकार दिइने

206
  •  
  •  
  •  

Nepal_Police_काठमाडौं, ३० कात्तिक (ओएनएस) उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले महानगरीय प्रहरीलाई छिट्टै अर्धन्यायीक अधिकार दिइने बताएका छन् ।

नवौं महानगरीय प्रहरी दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अन्तर्राष्ट्रिय प्रचलन अनुसार नेपालमा पनि महानगरीय प्रहरीलाई अर्धन्यायीक अधिकार दिइने उनले बताएका छन् । ‘महानगरीय प्रहरीको ऐन छिट्टै ल्याइने छ’ कार्यक्रममा मन्त्री गौतमले भने,‘यसलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’

२०६२ साल मंसिरबाट नेपालमा महानगरीय प्रहरीको अवधारण सुरु भएपनि सरकारले अरु देशमा जस्तो अधिकार भने दिएको छैन ।  कार्यक्रममा आईजीपी उपेन्द्रकान्त अर्यालले अर्का वर्ष महानगरीय प्रहरी दिवस मनाउदा यस्तै छलफल गर्नु पर्ने अवस्था आउन नहुने बताए । कार्यक्रममा पूर्व गृहसचिव नवीन घिमिरे, पूर्वआईजीपीहरु कुबेरसिंह राना लगायत उपस्थित थिए ।


  •  
  •  
  •