संसदीय इतिहासमा दुर्लभ अभ्यासको थालनी

220
  •  
  •  
  •  

काठमाडौं, १४ साउन (ओएनएस) : नेपालको संसदीय इतिहासमा आज देखी एउटा दुर्लभ अभ्यासको सुरु भएको छ । संसदले पहिलो पटक आज कुनैपनि बिधेयक माथी जनताको प्रतिक्रिर्याका लागि प्रचार गरियोस भन्ने प्रस्ताव पारित गरेको छ ।

व्यबस्थापिका संसदको आज बसेको बैठकले कानून मन्त्री नरहरि आचार्यले पेश गरेको अदालतको अपहेलना सम्बन्धी बिधेयक २०७१ लाइ जनताको प्रतिक्रिर्या प्राप्त गर्नको निमित्त प्रचार गरियोस भन्न्े प्रस्ताव सबैसम्मतिले पारित गरेको हो ।

प्रस्ताव राख्दै मन्त्री आचार्यले ‘विधेयक सम्बन्धमा उत्पन्न प्रक्रियालाई यो नयाँ प्रक्रियाले सम्बोधन गर्न सक्छ भन्ने विश्वाश लिएको बताए ।

प्रस्ताव बारे समयमै जानकारी नभएको भन्दै एमाओवादी सभासद रामनाराण विडारीले नियमापत्ति गरेका थिए । प्रचारको कार्यको व्यवस्थापन गर्ने व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टरालाई जिम्मा दिइएको छ ।

अदालतको अपहेलना सम्बन्धी विधेयक माथी पत्रकार महासंघ, नेपाल बार एसोसिएनस र न्यायाधीश समाज लगायत सरोकारबाला निकायसंग अन्तरक्रिर्या हुनेछ । जनताको प्रतिक्रिर्याका लागि प्रचारमा लैजाने संसदको कदमलाइ नेपाल पत्रकार महासंघले स्वागत गरेको छ ।

संसदको आर्को बैठक बिहिबार दिउसो १ बजे बस्ने छ ।


  •  
  •  
  •