‘स्वास्थ्यको ख्याल गर्नुस्, प्रधानमन्त्री वा राष्ट्रपति बन्नुस्’

193
  •  
  •  
  •  

पोखरा, २७ जेठ (ओएनएस) : पार्टीको आसन्न महाधिवेशनमा अध्यक्षको लागि दावेदारी प्रस्तुत गरिसकेका नेता केपी ओलीलाई राष्ट्रपति वा प्रधानमन्त्री बन्न नेता माधवकुमार नेपालले सुझाव दिएका छन्।

प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा नेपालले अर्का प्रत्यासी ओलीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै अध्यक्षमा लड्नुभन्दा पनि राष्ट्रपति वा प्रधानमन्त्री बन्नेतर्फ लाग्न श्रेयस्कर हुने बताए ।
मेहनत साथ गरिखाने कार्यकर्ता मात्र एमालेमा आवश्यक रहेको बताउँदै नेता नेपालले कार्यकर्ताहरुलाई लुटेर, धम्क्याएर ठगेर खाने प्रवृत्ति हटाउनुपर्ने बताए ।

उनले एमालेबाट सरकारमा गएका मन्त्रीहरुले आफ्नो पदको दुरुपयोग गरेको आरोपसमेत लगाए।

यसअघि सोमबार नेता ओलीले आफ्नो स्वास्थ्य अवस्थामा टिप्पणी गरेकोमा असन्तुष्टि जनाउँदै आफू नेतृत्वको लागि तयार रहेको बताए ।


  •  
  •  
  •