म निमित्त मात्रै नेतृत्व युवाको : नेपाल, ती युवालाई म समेट्छु : ओली

720
  •  
  •  
  •  

नेकपा एमालेको नवौ महाधिवेसनमा नीति भन्दा नेतृत्व चयन प्राथिकता बन्यो । नेतृत्व चयनका लागि सस्थागत रुपमै गुटगत प्यानल बनाएर माधवकुमार नेपाल र केपी शर्मा ओली प्रतिस्पर्धामा छन् । नेतृत्व हस्तान्त्रण र पुस्तान्त्रणको उस्तै तर केही फरक मुद्दासहित चुनावमा हाम फालेका उनीहरु सहज तैरिएलान ? मतदान हुनुअघि अध्यक्षका प्रत्यासी नेपाल र ओलीसँग गरेको संक्षिप्त कुराकानी

madhav nepal ghosana_MG_9568
माधवकुमार नेपाल

प्यानलसहित मैदानमा आउनु भो जित्नुहोला त ? 
म जित्छु मलाईपूर्ण विश्वासमा छु ।

त्यसको आधार के हो ?
कार्यकर्ताले मेरा बारेमा गर्ने मुल्याङ्कन बस्तुवादी हुनेछ । यतार्थसंगत हुनेछ । आजसम्म कामको मुल्याङ्कन कार्यकर्ताले सही गर्नु नै मेरो जितको आधार हो ।

तपाई आफुमात्रै जित्ने कि प्यानल नै जिताउने ?
सुरुदेखि नै नेतृत्व युवापुस्तामा हस्तान्त्रण गर्नुपर्छ भनेर म लागि रहेको छु । युवाहरुको साथमा युवाहरुको नीतिसहित म अगाडी आएको मात्रै हुँ । नेतृत्व युवाको नै हुनेछ । युवाहरुलाई साथमा राखेर अगाडी बढ्न खोज्दा म मात्रै जित्छु भन्ने त प्रश्न नै आउँदैन । मेरो पुरै टिम नै जित्नेछ ।

त्यो भयो भने ओली समुहमा रहेको एउटा ठूलो टिम जिम्मेवारीबाट बाहिर रहनेछ । त्यसले पार्टीलाई ठूलो असर गर्ला नी ?
अब हाम्रा प्रत्येक प्रतिनीधिहरुले मुल्याङ्कन गर्नुहुनेछ । कसको टिममा रहेका व्यक्तिहरुले कढी भूमिमा खेल्न सक्नुहुनेछ । कसलाई जिम्मा दिन उपयुक्त होला भन्ने कुरा ठीक–ठीक मुल्याङ्कन गर्नका लागि त्यसले सहयोग नै पुर्याउला भन्ने लाग्छ । अब एउटा समुह नै बाहिर रहने अवस्था आयो भनेपनि जिम्मेवारी दिएर ल्याउन सकिन्छ । त्यसमा ठूलो चिन्ता लिइरहनुपर्ने जरुरी म देख्दिन । तर गुटबन्दीलाई प्रोत्साहन दिने त होइन भन्ने चिन्ता पनि छ ।

गुटबन्दी त तपाईहरुले सस्थागत नै गरिसक्नु भयो नी होइन । पतपत्रमा नै गुट उल्लेख गरेर आइसके ?
हो वास्तामा हामीले नचाहाँदा नचाहादै पनि यस्तो भयो । जब विचार समुह नै बनिसकेपछि मतदान प्रक्रियामा पनि विचार समुह नै छुट्याएर जाँदा सजिलो हुन्न भन्ने कुरा आयो । त्यसपछि यस्तो हुन गएको हो । तपाईले भनेको प्रश्नप्रति हामी पनि चिन्तित छौ ।

गुटबन्दी बढाउनमा माधव नेपालको भूमिका बढी छ भन्छन् नी ?
त्यो सरासर गलत हो । मैले हिजो उम्मेदवारी दर्ता गर्नुअगाडी पनि म विकल्प तयार भए छोड्न तयार छु भनेको हुँ । तर युवाहरुको नेतृत्वका लागि विकल्प देखिएन । जहाँसम्म गुटबन्दीको कुरा छ । लामो समयदेखि नै यो पार्टीमा गुटबन्दी रहँदै आएको छ । यो पार्टी गुटबन्दीको शिकार हुँदै आयो । त्यो गुटबन्दीबाट पार्टीलाई कसरी मुक्त गर्ने चुनौती हाम्रा सामुमा छ । त्यसका निम्ति हामीले अझ राम्ररी समिक्षा मुल्याङ्कन गर्नुपर्छ । सदासदाका लागि पार्टीलाई गुटबन्दीबाट कसरी मुक्त गर्नेभन्ने अब अभियान नै चाल्नुपर्ने अवस्था छ ।

माधव नेपालले अध्यक्षमा जित्यो भने के हुन्छ ?
गुटबन्दी अन्त्य गर्दै यो पार्टीलाई गतिका साथ वायु पङ्खी बेगका साथ अगाडी बढाउने छु । नेपालको विकास प्रक्रियालाई पनि पो पार्टीले परिवर्तन गर्नेछ । त्यस कारण म अहिले एक पटक नेतृत्वमा आउन चाहेको हुँ ।

केपी ओलीले जित्यो भने चै पार्टी कछुवा गतिमा हुन्छ ?
के हुन्छ त्यसमा म टिप्प्णी गर्न चाहान्न । तर संसदीय दलको नेतामा उहाँले चुनाव जितेपछि दलको अवस्था के भयो ? त्यसबाट नै धेरै कुरा बुझन सकिन्छ ।

त्यसो भए माधव नेपालले हार्यो भने चै के हुन्छ ?
हार्यो भने पनि म पार्टीको काममा देशको विकासमा समर्पित नै भइरहनेछु । कही कतै भागेर जानेवाला छैन । पार्टी पनि छोड्दिन, देश पनि छोड्दिन ।

kp oli
केपी शर्मा ओली

प्यानलसहति मैदानमा देखिनु भयो नी जित्नुहुन्छ ?
त्यो त महाधिवेसनका प्रतिनीधिहरुले भनि सकेका छन् नी मैले भनिरहन पर्छ र ।

केही प्रतिनीधिले त केपी ओली हार्ने पक्का भयो भनिरहेका छन् त ?

तपाईले भन्नुभयो नी, केहीले । ती केहीले त जे पनि भन्न सक्छन् । केपी ओली अब बाच्दैन पनि भनेका थिए केहीले । त्यसकारण केहीका पछि नलाग्नुहोस् बहुसंख्यकले के भन्छन् त्यसका पछि लाग्दा राम्रो हुन्छ ।

केपी ओली जित्ने की पुरै प्यानल जित्ने ?
त्यस्तो पनि प्रश्न हुन्छ । म भनेकै मेरो प्यानल होइन र ।

प्यानलले नै जित्यो भने त माधवनेपाल सहित युवाहरुको ठूलो पक्ति बाहिर रहने भयो नी पार्टीले गति लेला ?

तपाईले भनेको त्यो खतरा छ । खतरा के भने पार्टीले गति नलिने होइन । ठूलो संख्यामा रहेका उर्जावान, देशका लागि साच्चिकै समर्पित साथीहरुको गति बन्द होला कि भन्ने खतरा र चिन्ता । तर, राजनीति भनेको समस्याको समाधान हो त्यसको पनि समाधान हुन्छ भन्ने मलाई विश्वास छ ।

तपाईले जित्यो भने हुन्छ चै के ?

मैले जित्यो भने पार्टीले एउटा नयाँ गति लिन्छ । नयाँ गतिका साथ हिडियो भने देशपनि नयाँ बाटोमा अघि बढ्छ । राजनीति देश जनताले भोगिरहेका समस्या समाधान गर्ने उपाय हो । त्यसैले ब्यबधान होइन बाटो दिनुपर्छ । बाटो दिनेमात्रै होइन बनाउनु पनि पर्छ । मैले जितेभने त्यही बाटो बन्छ ।

हार्नु भयो भने नी माधव नेपाललाई सयोग गर्नुहुन्छ ?

म हार्ने भन्ने प्रश्न नै उठ्दैन । तर कथमकदाचित त्यसो भइहाले भनेपनि पार्टीका निम्ति मेरो योगदानमा कुनै कमि हुने छैन ।

नेपालसँग भेटमा ,ओलीसँग टेलिफोनमा गरिएको कुराकानीको सारसंक्षेप

 

 

 

 

 


  •  
  •  
  •