आ–आफ्नो टिमसहित नेपाल–ओली मैदानमा

158
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) । राजधानीमा जारी एमालेको नवौं महाविधेशनमा आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी ओलीले आफ्नो टिमसहित उम्मेदवारीको घोषणा गरेका छन् । माधव नेपाल पक्षले झलनाथ खनाल पक्षलाईसमेत समेटेर प्यानल घोषणा गरेको भने ओली पक्षले पनि प्यालन घोषणा गरेको छ ।

नेपाल पक्षले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित, राजेन्द्र पाण्डे र महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी घोषणा गरेको छ ।
नेपाल पक्षधरले उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुषालको उम्मेदवारी घोषणा गरेको छ । यसैगरी सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, भीम आचार्य र वेदुराम भुषालको नाम घोषणा गरिएको छ ।

संसदीय दलका नेता केपी ओली पक्षधरले पनि बिहीवार नै आफ्नो प्यानल घोषणा गरेको छ । ओली पक्षबाट उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद साह रहेका छन् । यसैगरी महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरलले उम्मेदवारी दिएका छन् । यसैगरी ओली पक्षबाट सचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ रहेका छन् ।

नेपाल प्यानल

अध्यक्ष – माधव नेपाल
उपाध्यक्षमा

युवराज ज्ञवाली,
भीम रावल,
अष्टलक्ष्मी शाक्य
लालबाबु पण्डित र
राजेन्द्र पाण्डे

महासचिवमा – सुरेन्द्र पाण्डे
उपमहासचिव – घनश्याम भुसाल र रघुजी पन्त

सचिवहरु –

योगेश भट्टराई,
गोकर्ण विष्ट,
भीम आचार्य
पर्शुराममेघी गुरुङ र वेदुराम भूषाल

ओली प्यानल

अध्यक्ष –केपी शर्मा ओली

उपाध्यक्षमा
बामदेव गौतम,
विद्या भण्डारी, प्रदीप नेपाल,

महासचिव- र्इश्वर पोखरेल
उपमहासचिवमा- बिष्णु पौडेल र शंकर पोखरेल

सचिवमा
प्रदीप ज्ञवाली,
पृथ्वीसुब्बा गुरुङ,
केशवलाल श्रेष्ठ,
रघुवीर महासेठ र बिष्णु रिमाल

दुवैपक्षको मनोनयन दर्ता

दुई अध्यक्षका प्रत्यासीद्वय माधव नेपाल र केपी ओलीले अध्यक्षका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ नेता नेपालको प्रस्तावकमा नितेशनन्दन मिश्रा र समर्थकमा रामकुमार भट्टराई रहेका छन् । यसैगरी ओलीको प्रस्तावकमा कृष्णगोपाल श्रेष्ठ र समर्थकमा राजन भट्टराई रहेका छन् ।

बुधवारको बन्दसत्रले विधान संशेधन पारित गरेपछि नयाँ नेतृत्व चयनकालागि निर्वाचन प्र्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले यस अघि २ हजार १ सय ७६ प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन तालिका जारी गरेको थियो । उम्मेदवारी मनोनयका लागि बिहीवार विहान १० बजेदेखि साँझ २ बजेसम्मको समय छुट्याएको थियो । उम्मेदवारको अन्तिम नामावली बिहीवार साँझ ७ बजे प्रकाशित हुनेछ ।

ओली समूह प्यानलै बनाएर मैदानमा (पूर्ण सूचीसहित)


  •  
  •  
  •