व्यवसायीको मागमा निगमले बढायो क्षतिपूर्ति, पेट्रोलमा थप १० लिटर

153
  •  
  •  
  •  

petrol-pump
काठमाडौं, २७ साउन (ओएनएस) : तेल वितरण नै ठप्प पारेर आन्दोलनमा उत्रेका पेट्रोलियम व्यवसायीहरुका मागप्रति नेपाल आयल निगम लचिलो भएको छ ।

व्यवसायीहरुको प्राविधिक क्षति (सिङ्केज लस)को क्षतिपूर्ति बढाउनुपर्ने मागमा निगम लचिलो भएको हो । निगमले क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगम छ।

याे निर्णयसंगै प्रति चार हजार लिटर पेट्रोलमा पाइने सिङ्केज लसको ३५ लिटर क्षतिपूर्तिमा अब १० लिटर बढाइएको छ । अब व्यवसायीहरुले प्रति चार हजार लिटरमा थप ४५ लिटर पेट्रोल पाउने भएका छन् । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पुर्याइएको छ ।

यद्यपि व्यवसायीहरुले पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि र डिजेलमा ४० लिटरभन्दा माथि क्षति हुने गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका थिए । निगमले क्षतिपूर्ति बढाएपनि व्यवसायीहरुले कुनै प्रतिक्रिया नै दिएका छैनन् ।


  •  
  •  
  •