उज्यालो दिनहरुको खोजीमा नेपाल मेडिकल कलेज 

94
  •  
  •  
  •  

nepal medical college jorpatiकाठमाडौ, २९ जेठ(ओएनएस) : नेपाल मेडिकल कलेजले भूकम्पका धक्काहरू नआऊन् र नेपालीहरूले विगतमा जस्तो संकट भोग्नु नपरोस् भन्दै क्षमा पूजा गरिएको छ ।

गत बैशाख १२ गते र २९ गते गएको विनाशाकारी महाभूकम्पपछि ज्यान गुमाएकाहरूको आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना सहित क्षमा पूजा गरिएको अस्पतालका अध्यक्ष डाक्टर भोला रिजालले जानकारी दिएका छन् ।

शुक्रबार नेपाल मेडिकल कलेज जोरपाटीमा आयोजित क्षमा पूजामा पटक पटक भूकम्पका धक्काहरूको महशुस गरिरहेको अवस्थामा गरिएको पूजा गर्दै विगतमा जस्तो ठूलो संकट नआओस् भन्ने कामना गिएको छ । पूजापछि नयाँ र उज्याला दिनहरुको सुरूवात हुने अपेक्षा गरिएको डा. रिजालले बताए । पूजामा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीका कर्मचारीहरू, आसपासका स्थानीयहरुको सहभागीता रहेको थियो ।


  •  
  •  
  •