नेपालमा लगानीको प्रशस्तै अवसर छ : अध्यक्ष दाहाल

391
  •  
  •  
  •  

काठमाडौं, १६ चैत(ओएनएस) : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
नेपालमा लगानीका अवसर प्रशस्तै भएको भन्दै ढुक्कले लगानी गर्न आग्रह गरेका छन् ।

शनिबार नेपाल लगानी सम्मेलनको समापन समारोहमा बोल्दै अध्यक्ष दाहालले नेपाल अवसरै अवसर भएको देश भएको बताए । सम्मेलन उत्साहजनक र बृहत् रुपमा सम्पन्न भएको उनको भनाइ छ ।

उनले भने, ‘सम्मेलन पूर्ण रुपमा सफल भएको छ । लगानीका परियोजनमा नीजि क्षेत्रले देखाएको सहभागिताले हालको नेपालमा व्यवसायिक वातावरण बलियो मात्र भएको छैन । प्रतिफल समेत उच्च भएको सन्देश दिएको छ ।’

अध्यक्ष दाहालले नेपालमा राजनीतिक स्थायित्व भइसकेको बताउँदै नेपालले अब आर्थिक समृद्धिमा जोड दिएको बताए ।
लगानी लामो समयपछिको लागि प्रतिफलका लागि गरिने भन्दै अध्यक्ष दाहालले सफल लगानीले लामो समयमा सबैलाई फाइदा दिनेमा जोड दिए ।

२००६ पछि नेपालमा लगानीको वातावरण बनेको उनले बताए छ । राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण बनेको उनले उल्लेख गरेका थिए ।

नेपालमा कृषिको आधुनिकीकरण शुरु भएको, पर्यटन पूर्वाधार विकास शुरू भएको तर प्रचुर सम्भावना रहेको, जलवायु पनि उपयुक्त भएको, बौद्धिक सम्पत्तिको सुरक्षाका विषयमा पनि जोड दिन थालेको उनको भनाइ छ । यो सँगै लगानी सम्मेलन २०७५ समापन भएको छ ।


  •  
  •  
  •