कतारसँग नेपाल चार विकेटले पराजित

304
  •  
  •  
  •  

काठमाडौं । टी–२० विश्वकपको एसियाली छनोटमा नेपाल पहिलो खेलमा कतारसँग चार विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउदै मात्र १ सय २२ रन बनाउन सक्यो । नेपालको लागि कप्तान पारस खड्काले १७ बलमा २८ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २३ रन बनाए । यस्तै दिपेन्द्रसिँह ऐरीले ३५ बलमा ३४ रन बनाए भने सोमपाल कामीले १२ बलमा ११ रन बनाएर आउट भए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

नेपाललाई सस्तैमा समेट्नको लागि कतारका इक्बाल हुसेनले तिन विकेट लिए भने तमोर र नौमनले समान २–२ विकेट लिए । यस्तै इनामले एक विकेट लिए । नेपालका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

१ सय २३ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको कतारले आफ्नो चार बल बाकि छदै लक्ष्य पुरा ग¥यो । कतारलाई जित दिलाउन इनामले ४१ रन बनाए । यस्तै कर्मनले २२ रन बनाए र नौमनले १५ रन बनाए ।

नेपालको लागि सन्दिप लामिछानेले ४ विकेट लिए भने करण केसीले १ विकेट लिए भने अन्य बलरले रन लिन सकेनन् ।

यस पराजितसँग नेपालको विश्वकप छनोटको अर्काे चरणमा जाने सम्भावनामा धक्का लागेको छ । तर नेपालको आशा चाहि जिवितै रहेको छ । अब नेपालले बाँकि तिन खेलहरुमा जित मात्र होइन रन रेट पनि राम्रो बनाएको खण्डमा अर्काे चरणमा जानेछ ।


  •  
  •  
  •