श्रीलंकाद्वारा नेपाल पराजित

204
  •  
  •  
  •  

काठमाडौँ, ११ माघ(ओएनएस) : बंगलादेशमा यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको अभ्यास खेलमा नेपाल श्रीलंका पराजित भएको छ ।

आज भएको अभ्यास खेलमा नेपाल श्रीलंकासँग ६५ रनले पराजित भएको हो । आज भएको खेलमा श्रीलंकाले दिएको २ सय ३१ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले मात्र ४२ ओभर १ बल खेल्दै आफ्ना सबै विकेट गुमाएर १ सय ६५ रन मात्र जोड्न सफल भएको थियो ।

नेपाललाई उक्त योगफल तयार गर्नका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै ३३ रन जोडेका थिए । यस्तै, कप्तान राजु रिजालले ३१ रन, सुनिल धमलाले २६ रन, हिमान्सु दत्तले २१ रन जोडेका थिए । यसक्रममा नेपालका ४ ब्याट्स्म्यान रन आउट भएका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ४५ ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै २३० रन जोडेको थियो । श्रीलंकाका लागि साम्मु असनले अविजित रहँदै ८१ रन जोडेका थिए भने चरिथ असलन्काले ७१ रन जोडेका थिए । श्रीलंकातर्फबाट सन्दीप लामिछाने र सुशील कंडेलले समान २-२ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए ।


  •  
  •  
  •