पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित

270
  •  
  •  
  •  

काठमाडौँ, २ मंसिर(ओएनएस) : विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल पराजित भएको छ ।  नेपाल पपुवा न्यु गिनीसँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २५ रनको विजय लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो ।

पपुवा न्यु गिनीका लागि कप्तान ज्याक भारेले अविजित रहँदै सर्वाधिक ७६ रन जोडेका थिए भने सेसे बाउले ३६ रन, टोनी उराले २४ रन, जोन रेभाले अविजित २५ रन र असाद भालाले १८ रन जोडेका थिए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिएका थिए भने बसन्त रेग्मीले २ विकेट तथा शक्ति गौचन र सागर पुनले समान १-१ विकेट लिएका थिए ।

यसअघि अबुधावीमा जारी खेलमा टस जितेर ब्याटिङ नेपालले निर्धारित ५० ओभरको खेलमा आफ्ना ८ विकेट गुमाउँदै २ सय २४ रन जोडेको थियो । नेपाललाई उक्त स्कोरसम्म पुर्‍याउन कप्तान पारस खड्काले सर्वाधिक ५८ रन जोडेका थिए भने सागर पुनले ४७ रन, शरद भेष्वाकरले ४२ रन, ज्ञानेन्द्र मल्लले ३६ र सोमपाल कामीले ९ रन जोडेका थिए । पपुवा न्यु गिनीका लागि नोर्मान भानुवा र असाद भालाले समान ३-३ विकेट लिएका थिए भने सिसी बाउ २ विकेट लिएका थिए ।


  •  
  •  
  •