नेपाल बंगलादेशसँग पराजित

168
  •  
  •  
  •  

काठमाडौँ, २८ माघ(ओएनएस) : भारतमा जारी १२ औँ दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ समुहको चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

खेलमा तेस्रो मिनेटमा नै अग्रता लिएपनि खेललाई जोगाउन नसक्दा नेपाल पराजित हुन पुगेको हो । नेपालले खेलको तेस्रो मिनेटमा नै जगगित श्रेष्ठको कर्नर प्रहारलाई अनन्त रामाङले गोलल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ४० औँ मिनेटमा बंगलादेशले बराबरी गोल फर्काएको थियो । बंगलादेशका रेहम हसनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यसपछि खेलको पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बंगलादेशले खेलमा अग्रता लिएको थियो । मोहम्मद जीवानले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् ।

यसपछि दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र खेल बंगलादेशले २-१ गोलअन्तरले जितेको छ ।

पराजयपछि नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको पहिलो खेलमा भुटानलाई ५-० ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा तय गरिसकेको थियो । आजको खेल समूह विजेताका लाघि थियो, तर पराजित भएपछि उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।


  •  
  •  
  •