पारसको अर्धशतकका बाबजूत अभ्यास खेलमा नेपाल पराजित

180
  •  
  •  
  •  

काठमाडौ, १४ असार (ओएनएस) : बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टीम तेस्रो अभ्यास खेलमा पराजित भएको छ । सोमबार भएको अभ्यास खेलमा नेपाललाई बेलायतको क्लब ग्लोसेन्सटसायरसँग ४ विकेटले पराजित भएको हो ।

यसअघि भएको दुई अभ्यास खेलमा नेपलाले पहिलो खेलमा जीत निकाल्दा दोस्रो खेलमा पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन जोडेको थियो । १७१ को लक्ष्य ग्लोसेन्सटसायरले १९ ‌ओभरमा ६ विकेटको क्षतिमा पार गर्‍यो । उसका लागि ह्यान्सकबले सबैभन्दा बढि ५४ रन जोडे भने हमुदले ३८ रनको योगदान गरे ।

यस्तै गिलमउरले २२ रन जोड्दा ब्यारिट १२ र लेजर १८ रनमा नटआउट रहे । बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी बसन्त रेग्मी र सागर पुनले एक–एक विकेट हात पारे ।cricket 2

त्यसअघि नेपालको लागि कप्तान पारस खड्काले नटआउट ७३ रनको योगदान गरेका थिए । पारसले ५४ बल खेल्दा ९ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै सागरले ३२ बलमा २२ रन बनाउँदा उनका ‌ओपनीङ्ग जोडी सुबास खकुरेल ३ रनमै पेभिलियन फर्केका थिए ।

नेपालको लागि ज्ञानेन्द्र मल्लले १४ रन जोड्दा शरद भेषावकर १२ रनमा आउट भए । आक्रमक व्याटिङ गरेका प्रदीप एरीले ६ बलमा एक छक्का र एक चौका हिर्काउँदै नटआउट १६ रन जोडे । बलिङतर्फ ग्लोसेन्सटसायरका हमुद लेजर मन्गोमेरीले एक एक विकेट लिए । नेपालले अन्तिम अभ्यास खेल सोमबार राती नै खेल्ने छ ।

नेपालको नेदरल्याण्डसँग ट्वान्टी ट्वान्टी सिरिज खेल खेल्न मंगलबार जानेछ । चार म्याचको सिरिज मंगलबार नै सुरु हुनेछ । लगत्तै नेपालले आयरल्याण्ड र स्टकल्याण्डमा हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोट प्रतियोगित खेल्नेछ ।

sagar


  •  
  •  
  •