सनसनीपूर्ण खेलमा नेपाल पराजित

215
  •  
  •  
  •  

cricket 10काठमाडौ, ८ मंसिर(ओएनएस) : हङकङविरूद्धको एक मात्र टि-२० खेलमा नेपाल पराजित भएको छ । श्रीलंकामा भएको सनसनीपूर्ण खेलमा नेपाल २ विकेटले पराजित भएको हो ।

अत्यन्त रोमाञ्चक खेलमा हङकङले मात्र १ बल बाँकी रहँदा जित हात पारेको हो । ७३ रनको झीनो लक्ष्य लिएर मैदान छिरेको हङकङलाई जितका लागि अन्तिम ओभरसम्म कुर्नु परेको थियो । हङकङका लागि अजिज खानले अविजित २१ रन जोडेका थिए भने अनास खानले २१ रन जोडेको थिए । नेपालका लागि शक्ति गौचन र सागर पुनले समान २-२ विकेट लिएका थिए भने सोमपाल कामी, अमृत भट्टराई र पारस खड्काले समान १-१ विकेट लिएका थिए ।

२० ओभरमा मात्र रन बनाउँदा नेपालका तिव्र गतिका बलर सोमपाल कामीले दोहोरो अंक जोडेर सर्वाधिक ४० रन जोडे । उनले उक्त योगफल तयार गर्नका लागि मात्र ३१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । टोलीको अवस्था नाजुक भएको अवस्थामा सोमपालले १८ औ ओभरमा ३ चौका र १९ औ ओभरमा आउट हुनुअघि २ छक्का प्रहार गर्दै दुई ओभरमा २५ रन जोडे । उनले केहीहदसम्म टोलीलाई उकासेपनि नेपालका भरपर्दा भनिएका एक पनि ब्याटस्म्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सोमपालपछि सर्वाधिक रन बनाउने खेलाडी बने, ज्ञानेन्द्र मल्ल, नरेश बुढाएर र शक्ति गौचन । उनीहरूले समान ५-५ रन जोडेका थिए ।


  •  
  •  
  •  

Comments are closed.