पहिलो खेलमा नेपाल २ रनले पराजित

107
  •  
  •  
  •  

icc_league_division_2काठमाडौ, ३ माघ(ओएनएस) : नामिबियामा आजबाट सुरू भएको आइसीसी वर्ल्ड लिग डिभिजन २ मा नेपालले खराब सुरूवात गरेको छ । पहिलो खेलमा युगाण्डाविरूद्ध भएको खेलमा नेपालले २ रनको पराजय बेहोरेको छ ।

नामिबियाको एफिज पार्कमा भएको खेलमा १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरको खेलमा मात्र १ सय ४४ रनमा समेटिएपछि नेपालले २ रनको झिनो पराजय बेहोरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३४ रन जोडेका थिए । यस्तै, सुवास खकुरेलले ३२ रन, शक्ति गौचनले १९ रन, नरेश बुढाएरले १६ रन, बसन्त रेग्मीले १५ रन जोडेका थिए अन्य ब्याटस्म्यानले दोहोरो स्कोर बनाउन सकेनन् ।

युगान्डालाई जित दिलाउनका लागि हेनरी सेन्योन्दोले सर्वाधीक ३ विकेट लिएका थिए । यस्तै, फ्रान्क सुबुगा र डेभिस कराशानीले समान २-२ विकेट लिएका थिए । प्याट्रिक ओचन र जोनाथन सिबान्जाले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको युगान्डाले निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी रहँदा आफ्ना सबै विकेट गुमाउँदै १ सय ४६ रन जोडेको हो । युगाण्डाका लागि ब्रायन मासबाले सर्वाधिक ४३ रन जोडेका थिए । उनले डेभिस खरासानीसँग पाँचौ विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । यस्तै, डेभिस करासानी र अर्थुर क्योबेले समान २३-२३ रन जोडेका थिए भने रोजर मुकासाले १३ रन, अब्राम मुत्यागाबाले १० रन र ले रन जोडेका थिए ।

युगाण्डालाई उक्त स्कोरमा समेट्नका लागि कप्तान पारस खड्काले ३ विकेट लिएका थिए । यस्तै, बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिएका थिए भने शक्ति गौचनले १ विकेट लिएका थिए ।

खेलमा कप्तान पारस खड्काले ९ ओभर बलिङ गर्दै ३ मेडन लिएर  १४ रन खर्चँदै ३ विकेट लिएका छन् ।  यस्तै, बसन्तले १० ओभर बलिङ गर्दै २ मेडन लिएर १९ रन खर्चँदै २ विकेट लिएका छन् ।

खेलको म्यान अफ द म्याच डेभिस कराशानी घोषित भएका छन् ।

भोली नेपालले लिगको सबैभन्दा कडा प्रतिद्धन्दी नेदरल्याण्डको सामना गर्नेछ ।


  •  
  •  
  •