नेपाल विश्व ११ सँग ३७ रनले पराजित

66
  •  
  •  
  •  

काठमाडौ, २४ साउन(ओएनएस) : गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट पीडित भएकाहरुखो सहयोगार्थ आयोजना गरिएको खेलमा विश्व ११ ले नेपाललाई ३७ रनले पराजित गरेको छ ।

जीतका लागि १ सय ३६ रनको विजय लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरको खेलमा आफ्ना सबै विकेट गुमाउँदै ९८ रन मात्र जोड्न सफल भएपछि नेपाल ३७ रनले पराजित भएको हो । नेपालका लागि राजु रिजाल र अनिल मण्डलले समान १७ रन जोडेका थिए भने सिद्धान्त लोहनी र नरेश बुढाएर समान १३-१३ रन तथा मेहबुब आलम र शरद भेष्वाकरले समान ११-११ रन जोडेका थिए ।

विश्व ११ का लागि सुरेश नवरत्ननले सर्वाधिक ३ विकेट हात पारे भने अब्दुर रज्जाक र सनथ जयसुर्याले समान २-२ विकेट लिए । यस्तै, स्टिभ ओक्याफे, सोहाग गाजी र मार्कस स्टोइनिसले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको विश्व ११ ले निकै राम्रो सुरूवात गरेको विश्व ११ ले निर्धारित २० ओभरको खेलमा २ बल बाँकी रहँदा आफ्ना सबै विकेट गुमाउँदै १ सय ३५ रन जोडेको हो ।

सुरूवात राम्रो भएपनि मध्यक्रम भने राम्रो हुन नसक्दा विश्व ११ ले मात्र १ सय ३६ रनको विजय लक्ष्य प्रस्तुत गरेको हो । विश्व ११ का लागि प्रारम्भिक ब्याटस्म्यान मार्कस स्टोइनिसले सर्वाधिक ४८ रन जोडेका थिए भने भेनुगोपाल रावले २३ रन, अहमद फैजले १८ रन र सोहाग गाजीले अविजित रहँदै १६ रन जोडेका थिए ।

मध्यक्रममा नेपाली स्पिनरहरू सिद्धान्त लोहनी र राजेश पुलामीले उत्कृष्ट प्रदर्शन गरेपछि विश्व ११ लाई उक्त स्कोरमा समेट्न सहज भएको हो । यी दुवैले नेपालका लागि २-२ विकेट लिएका छन् ।

यस्तै, अभिनाश कर्ण र शरद भेष्वाकरले पनि समान २-२ विकेट हात पारेका थिए भने शक्ति गौचन र मेहबुब आलमले पनि समान १-१ विकेट लिएका थिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •