नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुग्यो

292
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा १ सय ८० जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार योसँगै कुल कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनामुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या ६ हजार ८ सय ११ पुगेको छ।

यस्तै २९ हजार २ सय १५ जना क्वारेन्टिनमा र ९ हजार १ सय १८ आइसोलेसनमा रहेका छन्। अहिले रेड जोनमा ५ सय १९ जना रहेका छन्। देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।  मन्त्रालयका अनुसार कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ।


  •  
  •  
  •