काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेका मन्डेकाजी श्रेष्ठले पुरुष एकल काँतामा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।
फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे ।
त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाए । मन्डेले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडे ।