नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै सबैभन्दा राम्रो : अर्थमन्त्री

72
  •  
  •  
  •  

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडा नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै सबैभन्दा राम्रो रहेको बताएका छन् ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशीले समेत ऋण दिन पत्याउन थालेको बताए ।

अहिले बैंकमा औसल १ प्रतिशतको हाराहारीमा निस्क्रिया कर्जा रहेको र अन्य सुचकहरु पनि रामो रहेकाले बैंकिङ प्रणाली राम्रो भएको उनको भनाइ छ ।

कोषको केही दायित्व थपिएको भन्दै उनले बिमा दायित्व बढीरहेको बताए । कोषले नाफा गरेको छ तर यो जोखिममाथिको नाफा रहेको बताए ।


  •  
  •  
  •