नेपाल र जापानबीच श्रम सम्झौता हुँदै

539
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : नेपाल र जापानबीच आज श्रम सम्झौता हुने भएको छ ।  जापानमा नेपाली श्रमिक लैजानको लागि नेपाल र जापानका प्रतिनिधिबीच श्रम सम्झौता ‘एमओसी’ मा हस्ताक्षर हुन लागेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जापानले कृषि, मत्स्यपालन, औद्योगिक, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत १४ क्षेत्रमा नेपाललगायतका नौ देशका श्रमिक लैजाने नीति लिएकोमा नेपालसँग श्रम सम्झौता गर्न थालेको हो । नेपाली कामदार लैजाने प्रक्रिया र मापदण्ड भने विषय सम्झौतापछि मात्रै टुंगो लाग्न श्रम मन्त्रालयले जानकारी दिएको छ ।

जापानले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार नौ देशबाट कामदार लैजाने नीति लिएको छ । तिमध्ये नेपाली कामदार कति हुने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको छ ।

जापानमा रोजगारीका लागि भाषा र सीप अनिर्वाय हुनेछ । जापानले नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा काम गर्न दिने तयारी गरेको छ ।


  •  
  •  
  •