नेपाल र इजरायलबिच स्वास्थ्य सेवा आदान प्रदान हुने

228
  •  
  •  
  •  

काठमाडौं, १ मंसिर(ओएनएस):  नेपालमै पहिलो पटक इजरायल र नेपाल बिच मेडिकल सेवाका विषय छलफल सुरु भएकोछ ।

ग्राण्डी अन्तर्राष्ट्रिय इजरायली डाक्टरहरुको समुह र नेपालका विषेशज्ञ डाक्टरहरुको सहभागितामा स्वास्थ्य सेवा आदान प्रदान हुने विषयमा  छलफल सुरु भएको हो ।

यो छलफलसंगै आगामी दिनमा इजरायल तथा नेपालका डाक्टरहरुले आ–आफ्नो देशमा भएका अनुसन्धान तथा उपचारमा पाएको सफलता तथा प्रविधिका बारेमा एकआपसमा छलफल गर्न सहज हुने अनुमान गरिएको छ । आइतबार देखि सुरू भएको उक्त कार्यक्रममा इजारायका डा.सुलेमान सुलेमानले इजरायलमा मातृ तथा शिशुको निगरानी कसरी गरिन्छ भन्ने विषयमा आफ्ना अनुभव सुनाएका थिए । साथै  इजरायलमा भएको स्वास्थ्य सेवा आदान प्रदान गर्न आफु इच्छुक भएको पनि बताए ।

सो अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका बालरोग विशेषज्ञ डा.संजय थापाले नेपालमा मातृ मृत्युदरको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले नेपालमा पनि इजरायलमा लागु भए जस्तै स्वास्थ्य बिमा लागु भएमा नेपालीलाई स्वास्थय उपचारमा धेरै सजिलो हुने बताए ।

उनले इजरायलमा रहेका नेपालीलाई स्वास्थ्य उपचारमा सहायक  हुनको लागि यस कायक्रम पहलकदमी हुने पनि बताए ।
कार्यक्रममा नेपालका ६ जना विषेशज्ञ डाक्टर र इजरायलका ४ जना विषेशज्ञ डाक्टररुले सहभागि छन् ।


  •  
  •  
  •