२३ बर्षपछि नेपाल-भारत सयुक्त बैठक आज

285
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) : नेपाल–भारत संयुक्त आयोगको बैठक २३ बर्षप्छि आज शनिबार हुने भएको छ । तेस्रो बैठकको तयारीको सिलसिलामा शुक्रबार दुवै मुलुकका विषयगत उच्च अधिकारीहरूको बैठक भएको छ । बैठकका लागि शुक्रबार साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराज उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट राजधानी आइपुगेकी छन् ।

आयोगको पहिलो र दोस्रो बैठकभन्दा पृथक् रूपमा हुन लागेको विषय विज्ञहरूको बैठक विशेषगरी पाँच विधामा केन्द्रित रहनेछ । दुवै मुलुकका उच्चपदस्थ अधिकारी र विज्ञ प्रतिनिधिहरूको शुक्रबारका बैठकमा राजनीति, सुरक्षा, सिमाना तथा सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार एवम् पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति, शिक्षा एवम् सञ्चारबारे गहन विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तयारी बैठकमा भाग लिन भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध मामिला हेर्ने सहसचिव सञ्जिब रञ्जन, सडक यातायात तथा राजमार्गको जिम्मेवारी पाएका सहसचिव निरज वर्मा, जलस्रोत मन्त्रालयअन्तर्गतको केन्द्रीय जल आयोगका प्रमुख इन्जिनियर एमएस अग्रवाल र केन्द्रीय रेलवे मन्त्रालयका कार्यकारी निर्देशक राजधानी आइसकेका छन् ।

भारतीय विदेशमन्त्री भेटघाटमा

_AKD9632ons शुक्रबार नेपाल आएकी विदेशमन्त्री शुष्मा स्वराज आज शनिबारदेखि राजनीतिक भेटवाताृमा सक्रिय हुने भएकी छन् । बिहानैबाट राजनीतिक भेटवार्तामा  व्यस्त भएपछि कार्यालय समय प्रारम्भ हुने समयतिर आयोगको बैठकमा सहभागी हुनेछिन् । आजैउनले राष्ट्रपति डा रामवरण यादवसँग राष्ट्रपतिको  कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई  सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेर प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्न उनको सरकारी निवास बालुवाटार जाने छिन् । आजै उनको एनेकपा  माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग दाहाल निवासमा भेट हुनेछ ।

दिउँसो नेपालका लागि भारतीय राजदूत रञ्जित रेले विदेशमन्त्री स्वराजको सम्मानमा लैनचौरस्थित आफ्नो निवासमा दिवाभोजको आयोजना गर्नेछन् । आज साँझ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आयोजना गर्ने रात्रिभोजमा उनी सरिक हुनेछिन् । आइतबार बिहान भगवान् पशुपतिनाथको दर्शन गरी उनी स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठक समापनपछि संयुक्त प्रेस विज्ञप्ति जारी गरिने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •  

Comments are closed.