नेपाल–भारत सुरक्षा समितिको बैठक नेपालमा हुने

317
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ (ओएनएस) : नेपाल–भारत सुरक्षा सुझाव समितिको बैठक काठमाडौंमा हुने भएको छ । यही जेठ २५ र २६ गते काठमाडौं बठक बस्ने भएको हो । हरेक वर्ष नेपाल र भारतमा आलोपालो गरी सञ्चालन हुँदै आएको नेपाल–भारत सुरक्षा सुझाव समितिको काठमाडौंमा हुन लागेको हो ।

बैठकमा भारतका तर्फबाट वैदेशिक मामिला मन्त्रालयका सहसचिव अभय ठाकुरले १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नेछन् ।

बैठकमा आपसी सहयोगका विषयमा छलफल हुनेछ । साथै अघिल्ला बैठकमा भएका निर्णयमाथिको प्रगति समीक्षा र आगामी वर्षको कार्य विवरणमाथिसमेत छलफल हुने उक्त बैठकमा द्विपक्षीय सुरक्षा सरोकारका साथै सैन्य सामग्री, तालिम तथा सूचना आदानप्रदानका विषयमा समेत छलफल हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


  •  
  •  
  •