काठमाडौं दिल्ली बस सेवा आगामी मंसिर ११ गतेबाट

167
  •  
  •  
  •  

nepal indiaकाठमाडौं ,२९ कात्तिक (ओएनएस) : सार्क शिखर सम्मेलनको अवसरमा औपचारिक रुपमा सुरु हुने काठमाडौं दिल्ली बस सेवा आगामी मंसिर ११ गतेबाट सञ्चालन हुने भएको छ  ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका अनुसार सरकारले बस सेवा सञ्चालनका लागि तयार रहन व्यवसायीलाई निर्देशन दिएको छ ।

साथै व्यवसायीहरुले सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयले जानकारी दिएको छ । नेपल भारत बस सेवा यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आएको थियो ।  औपचारिक बस सेवा सुरु गरेपछि शुल्क पनि कम पर्ने बताइएको छ ।

यसअघि यात्रा गर्दा एक जनाले ३ हजार५ सय तिर्नुपरेको थियो, । भाडाको अन्तिम टुंगो भने लाग्न बाँकी छ ।
नेपाली र भारतीय गाडीका लागि एउटै भाडादर तय गरी सेवा सुरु गर्ने जानकारी मन्त्रालयले दिएको छ ।

काठमाडौंदेखि दिल्लीसम्म सुरुमा चारवटा बस संचालनको तयारी सरकारको छ । जसमध्ये नेपाल सरकारले दुईवटा भारतीय र दुईवटा नेपाली गाडीबाट सेवा सुरु गर्न लागेको हो ।

नेपाल सरकारले सुरुमा काठमाडौं -दिल्ली, काठमाडौं -बनारस र पोखरा- दिल्ली रुटमा बस सेवा सुरु गर्न लागेको छ ।


  •  
  •  
  •