नेपाल भारत सीमा व्यवस्थापन कार्ययोजना तीनबर्ष भित्र

116
  •  
  •  
  •  

काठमाडौं, ३ असोज (ओएनएस) ःनेपाल भारत सीमा बैठक शुक्रवार सम्पन्न भएको छ ।

बैठकले तीन बर्ष भित्र सीमा व्यवस्थापन गर्ने कार्ययोजना तयार गरेको छ ।
प्राविधिक अधिकारीहरुको सीमा बैठक आगामी डिसेम्वरमा भारतमा हुने बैठकले निणर्य गरेको छ । दुई देशका नापी विभागका महानिर्देशकको नेतृत्वमा बसेको बैठकले  नो म्यान्स ल्याड, सीमा पिल्लर तथा सीमानाको नक्सानलगायत कार्यका स्थलगत मूल्याङकन गर्ने निणर्य गरेको छ ।

सो कामका लागि केन्द्रिय स्तरमा उपमहानिर्देश्कको नेतृत्वमा एउटा प्राविधिक टोलि रहने र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्राविधिक संयन्त्र गठन हुने बताइएको छ ।

दुवै देशको प्राविधिक टोलिले नक्सा बनाएर हराएका पिल्लरहरुको संख्या यकिन गर्नेए र मिचिएको भूभाग पनि नक्साले बनाउने तयारी गरिएको छ ।


  •  
  •  
  •