के के दिदै छन् मोदीले आज नेपाललाई ?

205
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) : नेपाल भारतबीच पिडिए सम्झौता आज हुने भएको छ । सरकारले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना विकास सम्झौता (पिडिए)लाई पारित गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पिडिए स्वीकृत गरेको हो। आज  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सतलज जलविद्युत निगम ९एसजेभिएन० सँग आयोजना विकास सम्झौता हुनेछ।

आयोजनाको भारतीय प्रवर्द्धक कम्पनी सतलज जलविद्युत निगमसँग बोर्डले शिखर सम्मेलनका क्रममा नेपाल आउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा पिडिए हस्ताक्षर गर्ने तयारी गरेको हो। बोर्डले पिडिए वार्ता टुंग्याउने गरी सतलजसँग यही कात्तिक १८ गते छलफल गरेको थियो । भारतीय प्रधानमन्त्री मोदी आइसकेपछि विमानस्थलबाट सोल्टी हाटेल र लगत्तै सिंहदरबार जाने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदी सार्कका अन्य मुलुका राष्ट्र प्रमुखरसरकार प्रमुखझैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि उहाँ रहने होटल सोल्टीमा केही समय विश्राम गरी सिंहदरबार आउनेछन्। मङ्गलबार नै मोदीको उपस्थितिमा काठमाडौँ–नयाँ दिल्ली जोड्ने बसको शुभारम्भ गरिने तथा सशस्त्र प्रहरी बलको भवन निर्माणसम्बन्धी सहयोग तथा नेपाली सेनालाई हेलिकोप्टर हस्तान्तरण गरिने कार्यक्रम छ। यस्तै दुवै देशका प्रधानमन्त्रीले ट्रमा सेन्टरको संयुक्त उद्‌घाटन गर्ने कार्यक्रम छ। भारतको सहयोगमा बनेको राष्ट्रिय ट्रमा सेन्टर मंगलबार भारत सरकारबाट नेपाललाई हस्तान्तरण गरिनेछ ।

भवन निर्माण पुरा भएर पनि छ वर्षदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइराललाई हस्तान्तरण गर्ने कार्याक्रम छ ।  काठमाण्डु नयाँ दिल्ली जाड्ने बसको उद्घाटन पनि सोमबार नै हुनेछ । जनपुरमा साइकल बाड्ने तयारीमा रहेका मोदीले मंगलबार नै नेपाली सेनालाई अत्याधुनिक हेलिकोप्टर दिदैछन् । शसस्त्र प्रहरीलाई छुट्टै सहयोग हुनेछ ।


  •  
  •  
  •  

Comments are closed.