नेपालले भारतलाई जवाफ, ‘लिम्पियाधुरा र लिपुलेक क्षेत्र हाम्रो हो’

272
  •  
  •  
  •  

काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न आग्रह गरेको प्रति नेपालले कडा जवाफ फर्काएको छ। भारत उत्तराखण्डको धार्चुला प्रशासनले पत्र पठाउँदै गुञ्जी, कालापानी, लिम्पियाधुरासहितका क्षेत्रमा प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई आग्रह गरेको थियो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफ पठाउँदै लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन्।

भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ।

नेपालले यी क्षेत्र आफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेको हो। त्यसयता यस क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको छ। भारतीय पक्षको पत्रपछि गृह मन्त्रालयको निर्देशनमा दार्चुला प्रशासनले उक्त जवाफ फर्काएको हो ।


  •  
  •  
  •