भेटघाटमा व्यस्त भारतीय विदेशमन्त्री

251
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) :  शुक्रबार काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज शनिबार बिहानैबाट विभिन्न भेटमा व्यवस्था बनेकी छन् । उनले राष्ट्रपति डा. रामवरण यादवसाग शीतल निवासमा शिष्टाचार भेट गरेकी छिन् । त्यस्तै सभामुख सुवास नेम्वाङसँग पनि उनले शिष्टाचार भेट गरेकी छिन् । राष्ट्रपतिसँगको 10570606_10203139157852651_1036333448_nभेटमा आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

10572812_10203139157252636_1447524836_n

यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि विदेशमन्त्री स्वराजले भेट गरेकी छन् । सो भेटमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका बारेमा तथा भारतीय सहयोगका क्षेत्रका विषयमा कुराकानी भएको छ । स्वराजले आजै प्रधानमन्त्री सुशील कोइरालासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

मधेशवादी दलका नेताहरुसँग सामुहिक भेट

मधेसीवादी दलका नेताहरुले मधेसलाई विकास दिन भारतसँग माग गरेका छन् । बिहान भएको सामुहिक भेटमा उनीहरुले भारतको हितका लागि पनि मधेसको विकास अपरिहार्य भएको बताएका छन् । काठमाडौंको हाटेलमा भएको सामुहिक भेटमा मधेसी नेताहरुले आफुहरु भारतको विरोध नभई सहकार्य गर्न चाहेको बताए । भेटमा सहभागि संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले नेपाल भारतहित सँगै मधेसको विकासमा पनि छलफल भएको बताए ।

सामूहिक भेटवार्तामा मधेसवादी दलसँगै कांग्रेस एमाल र एमाओवादीका नेता पनि सहभागि थिए । नेताहरुले हुलाकी सडक, चुरे क्षेत्र संरक्षण नदी नियन्त्रण, मधेसका जिल्लाका सडक लगायतका विषयमा सहयोग गनृ आग्रह गरेका थिए ।

भेटमा सहभागी राजकिशोर यादवका अनुसार भारत नेपालबीचको सम्बन्धबाट दिल्ली र भारतले पाउनुपर्ने सुविधा नेपाललले पनि पाउनुपर्नेमा नेताहरुले जोड दिएका थिए। मधेस केन्द्रित नेताहरुले हुलाकी सडक, चुरे क्षेत्र संरक्षण, नदी नियन्त्रण, विभिन्न बाँधले वर्षेनी गर्ने डुवान र क्षति न्यूनीकरण, जलस्रोत सम्झौता दुवै पक्षको समान हितलगायतका विषयलाई उठाएका थिए।

भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री स्वराजले केही मानिस र राजनीतिककर्मीले भारतविरुद्ध गरेको प्रचारले दुई देशको हित नहुने तर्क गरिन । उनले नेपाल भारतको सम्बन्ध बिग ब्रदर नभई समान ब्रदरका रुपमा रहेको बताइन । आजै राष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


  •  
  •  
  •