१९५० को नेपाल–भारत सन्धि सहितको एजेण्डामा छलफल सुरु

244
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) : २३ वर्षपछि नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक काठमाण्डुमा सुरु भएको छ । परराष्ट्रमन्त्रीस्तरीय उक्त बैठकमा लामो समयदेखि सुल्झाउन बाँकी कालापानी सुस्तालगायत आपसी सम्बन्धका सबै विषयमा छलफल हुँदैछ ।

बैठकमा राजनीतिक, सुरक्षा, सिमाना र सीमा व्यवस्थापनअन्तर्गत सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि एवम् अन्य द्विपक्षीय सम्झौताको पुनरावलोकन, परराष्ट्र सचिवस्तरीय संयन्त्र, विज्ञ समूह गठन, सुरक्षा तथा प्रतिरक्षा सहयोग, सीमापार अपराध तथा सुरक्षा सम्बन्धमा छलफल हुनेछ ।

AKD_1756 (1)
परराष्ट्र स्तरिय संयुक्त आयोगको बैठकमा भाग लिदै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेशमन्त्री सुष्मा स्वराज / तस्बिर अशोक केडी

बैठकको प्रस्तावित कार्यसूचीअनुसार लामो समयदेखि सुल्झिन बाँकी रहेका कालापानी, सुस्ता, सीमास्तम्भको मर्मत सम्भार, जडान एवम् हराएका सीमा स्तम्भ पुनःस्थापना सीमा व्यवस्थापन

कार्यदल गठन तथा त्यसको कार्यक्षेत्र निर्धारण, सीमा क्षेत्रमा निर्मित सडकका कारण उत्पन्न बाढीको समस्या समाधान, औषधिको माग घटाउन तथा त्यससम्बन्धी समझदारीपत्र तयारी, लागुऔषध तथा मनोद्दिपक तत्वयुक्त औषधिको अवैध कारोबार नियन्त्रणबारे छलफल हुनेछ ।

त्यस्तै आर्थिक सहयोग तथा पूर्वाधारअन्तर्गत एक्सपोर्ट इम्पोर्ट बैंकद्वारा सहुलियतपूर्ण ऋणको उपलब्धता, कृषि क्षेत्रमा सहयोग, मल आयात मध्यपहाडी राजमार्ग ९चोयुभञ्ज्याङबाट सिक्किम जोड्ने पूर्वी क्षेत्र, पूर्व–पश्चिम राजमार्ग फराकिलो पार्ने मध्य तथा पूर्वी क्षेत्र, महाकाली पुल, डडेलधुरामा झोलुङ्गे पुल, हुलाकी राजमार्ग तथा शाखा सडक, तराई सडकहरू ९प्रथम तथा दोस्रो चरणबारे पनि द्विपक्षीय विचारविमर्श हुनेछ ।

 


  •  
  •  
  •