विश्वकप फुटबल छनौट : नेपालको भिडन्त भारतसँग

297
  •  
  •  
  •  

काठमाडौं २८ माघ (ओएनएस) : विश्वकप फुटबलको प्रारम्भिक छनौट चरणमा नेपाल र भारतबीच खेल हुने भएको छ । सन् २०१८ को फिफा विश्वकप र सन् २०१९ को एसियन कपको प्रारम्भिक छनौट चरणको लागि खेल तालिका सार्वजनिक गरिएको हो ।

वरियता क्रममा सबैभन्दा पुछारमा रहेका एसियाका १२ देशहरुको ड्र मा नेपाल र भारतसँगै यमन र पाकिस्तान, पूर्वी टिमोर र मंगोलिया, कम्बोडिया र मकाउ, चाइनिज ताइपेइ र बु्रनाई तथा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

यी खेलहरु फागुन २८ देखि चैत ३ का बीच हुनेछन् । ४० देशलाई आठ वटा समूहमा विभाजन गरी डबल राउन्ड रोबिन फरम्याटमा विश्वकप छनौटका मुख्य खेल खेलाईनेछ । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले ४८ खेलाडीलाई राष्ट्रिय टोलीके लागि सुरुवाती क्याम्पमा बोलाएका छन् ।


  •  
  •  
  •