नक्कली नोट छपाई नियन्त्रण गर्न नेपालको प्रस्ताव

152
  •  
  •  
  •  

काठमाडौं २८ माघ (ओएनएस) :  नेपाललले पहिलोपटक भारतसँग नक्कली नोट नियन्त्रणका विषयमा प्रस्ताव गरेको छ । यसअघि भारतले नेपालमा भारतीय नक्कली नोटको कारोवारका विषयमा कुरा राख्दै आएपनि यसपटक नेपालले भारतमा नेपाली नोट छपाई नियन्त्रणका विषयमा प्रस्ताव राखेको हो ।

नेपाल–भारत संयुक्त सीमा सुरक्षा बैठकमा नेपालमा तर्फबाट नक्कली नेपाली नोटको छापाई र सीमा अपराधका विषयमा कुरा राखिएको छ । हिजो बिहानदेखि पोखरामा शुरु भएको बैठकमा सीमासँग जोडिएका दुईपक्षीय मुद्दामा छलफल हुनेछ ।

बैठकमा १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गृहमन्त्रालय मातहतको शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ता लक्ष्मिप्रसाद ढकालले गरेका छन् भने भारतबाट सहभागी टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयका सहसचिव हितेसकुमार मकवानाले गरेका छन् ।

बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रणलगायतका विषयमा छलफल हुने नेपाली टोलीको नेतृत्व गरिरहनु भएका ढकालले बताए । बैठकमा हिजो नेपालले दशगजा छेउको सडक र मानव तस्करी रोक्न भारतसँग औपचारिक आग्रह गरेको थियो ।


  •  
  •  
  •